सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालबाट झलनाथले भने–नयाँ पार्टीमा छु

शुक्रबार, ०४ भदौ २०७८, १८ : ५४
शुक्रबार, ०४ भदौ २०७८

एमालेबाट विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा झलनाथ खनालको नाम वरिष्ठ नेतामा रहेको छ । हाल दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनाल नयाँ पार्टी बनेपनि मौन बस्दै आएका थिए । एमाले संस्थापनले नयाँ पार्टीमा खनालको संलग्नता नरहेको दावी गर्दै आएका बेला खनालले नयाँ पार्टीलाई आफ्नो साथ र समर्थन रहेको औपचारिक रुपमा उल्लेख गरेका छन् । 

खनालको सचिवालयले नयाँ पार्टीलाई एमालेका पूर्वअध्यक्ष समेत रहेका उनको साथ र समर्थन रहेको स्पष्ट पारेको हो । 
खनालको आधिकारिक फेसबुकमा सचिवालयले लेखेको छ, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।’

माधव नेपालको नेतृत्वमा नेकपा समाजवादी पार्टीले आजै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप