सार्वजनिक संस्थानबाट सरकारलाई न साँवा न ब्याज, ९८ अर्ब २८ करोड कसरी उठाउँछ सरकार ?
आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म कुल ५६ अर्ब ७२ करोड ३७ लाख रुपैयाँ सार्वजनिक संस्थानहरूमा लगानी गरेको सरकारले नाफा त परको कुरा हालसम्म साँवा र ब्याज समेत उठाउन नसकेको पाइएको छ ।
शुक्रबार ५८ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको महालेखापरीक्षकको कार्यालयले कुल ८२ सार्वजनिक संस्थान तथा निकायबाट भाखा नाघिसक्दा समेत साँवा र ब्याज भुक्तानी नभएको उल्लेख गरेको हो । महालेखाका अनुसार ब्याजसहित ती संस्थानहरूबाट कुल ९८ अर्ब २८ करोड ७० लाख उठ्न बाँकी रहेको छ ।
जसमध्ये नेपाल विद्युत प्राधिकरणबाट ब्याजसहित रु ५७ अर्ब ५६ करोड ६० लाख, नेपाल खानेपानी संस्थानबाट रु ६ अर्ब ८ करोड ९२ लाख, काठमाडौं उपत्यका खानेपानी बोर्डबाट रु ४ अर्ब १८ करोड ७५ लाख, जनकपुर चुरोट कारखानाबाट रु ३ अर्ब ४ करोड २३ लाख र साना किसान विकास बैंकबाट रु २ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ उठ्नु पर्नेमा हालसम्म उठेको छैन ।
यस्तै, उदयपुर सिमेन्ट उद्योगबाट समेत रु २ अर्ब २१ करोड गरी ६ निकायबाट मात्र सरकारलाई रु ७६ अर्ब १ करोड ८४ लाख (७७.३४ प्रतिशत) बक्यौता उठ्न बाँकी रहेको महालेखापरीक्षकको कार्यालयले बताएको छ ।
जसमा नियमित सञ्चालनमा रही मुनाफा आर्जन गरिरहेका साना किसान बैंक, कृषि विकास बैंक जस्ता संस्थाले समेत साँवा र ब्याज नबुझाइ भाखा नाघेको देखिएको भन्दै महालेखापरीक्षकले गम्भीर आपत्ति जनाएको छ ।
साथै, स्थानीय तहतर्फ काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, हेटौंडा उपमहानगरपालिका लगायत ११ स्थानीय निकायहरुले समेत १ अर्ब ६ करोड ८६ लाख सरकारी ऋण लिई ब्याजसहित कुल २ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ भुक्तान गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण