सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सर्पको डसाइबाट ४५ वर्षीय पुरुषको मृत्यु

शुक्रबार, ०४ भदौ २०७८, १८ : ०४
शुक्रबार, ०४ भदौ २०७८

शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४५ वर्षीय विपदराम चौधरीको सर्पले डसेर मृत्यु भएको छ । चौधरीको उपचारका क्रममा कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा आज मृत्यु भएको मृतकका भाइ कुलबहादुरले बताए ।

एक साताअघि घर नजिकैको खोलामा माछा मारेर फर्कने क्रममा चौधरीलाई विषालु सर्पले डसेको थियो । सर्पले डसेपछि चौधरीलाई तत्कालै परिवारजनले उपचारका लागि अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमा लगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप