तिब्बतको विकासमा चीनको अभियान (भिडियोसहित)
चीनले स्वशासित क्षेत्र तिब्बतमा बितेका ७० वर्षयता भए गरेका आर्थिक तथा सामाजिक विकासका गतिविधिलाई लिएर–‘तिब्बत–आर्थिक तथा सामाजिक विकासमा ७० वर्ष’ अभियान कार्यक्रम सञ्चालन गरेको छ ।
आर्थिक तथा सामाजिक रुपले पछि रहेको तिब्बतमा चीनले तीब्र विकासका गतिबिधि सञ्चालनमा ल्याएपछि हालका दिनमा भौतिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय तथा शैक्षिक रुपले विश्वको नै प्रमुख आकर्षक केन्द्रका रुपमा विकास भएको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार, हाल तिब्बतमा ९ लाख ९८ हजार आठ सय किलोमिटर सडक निर्माण भएको छ भने तिब्बत भएर १४० वटा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइमार्गले विश्वसँग जोडेको छ ।
तिब्बतको विकासका लागि केन्द्रीय सरकारले आफ्नो वित्तीय सहयोग हरेक बर्ष बढाउने गरेको छ भने विभिन्न चरणमा धेरै ठूला परियोजना सञ्चालनमा ल्याएको छ । जसबाट यस क्षेत्रको दीर्घकालीन विकास र जनताको जीवनस्तरमा उकास्न सहयोग गरेको छ ।
चीनले १९९४ देखि २०२० सम्म, प्रान्तीय र समकक्ष प्रशासनिक एकाइ, केन्द्रीय सरकारी विभाग, राज्य सरकारको स्वामित्वमा रहेका उद्यममा परियोजना सञ्चालनमा ल्याई तिब्बतलाई राजमार्ग, रेल्वे, हवाई मार्ग, र पाइपलाइनबाट बनेको एक व्यापक यातायात नेटवर्क बनाएको छ ।
हाल तिब्बतका सबै प्रशासनिक गाउँमा मोबाइल फोन पहुँच रहेको छ भने अप्टिकल केबल ब्राण्डब्यान्ड कभरेज भएको छ । हाल तिब्बतको कृषि, वन, पशुपालन, र माछापालनबाट उत्पादनको कुल मूल्य २६४ आरएमबीभन्दा माथि छ ।
यसैगरी शैक्षिक क्षेत्रमा १५ वर्षभन्दा मुनिका बालबालिकालाई सरकारले लगानी गर्दै आएको पनि जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी