आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा फसेका नेपालीलाई सकुशल नेपाल ल्याउन आग्रह

शुक्रबार, ०४ भदौ २०७८, १७ : १६
शुक्रबार, ०४ भदौ २०७८

मानवअधिकार तथा शान्ति समाजले अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल नेपाल फिर्तीका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ । समाजको प्रतिनिधिमण्डलले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटी सो आग्रह गरेको हो ।

शुक्रबार गृहमन्त्रालयमा भएको छलफलमा प्रतिनिधिमण्डलले अफगानिस्तानमा फसेका नेपालीहरुको उद्धारका लागि अन्य मुलुकहरूसँग समेत समन्वय र सहकार्य गरी प्रभावकारी कदम चाल्न गृहमन्त्रीसँग आग्रह गरेको छ । प्रतिनिधिमण्डलले कोभिड १९ रोकथामका लागि सबै नागरिकलाई समयमै उपलव्ध गराउन समेत आग्रह गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप