सेयरमा लाखौंले लगानी गर्दा सय जनाले मात्रै लाभ लिएका छन् : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा सिमित संख्याका लगानीकर्ताले मात्रै लाभ लिएको बताएका छन् । आज अर्थ समितिमा बोल्दै शर्माले सेयर बजारबाट सय जनाले मात्रै लाभ लिएको बताएका हुन् । उनले सेयर बजारमा दिनदिनै नयाँ कीर्तिमान बन्दा लगानीकर्ताको संख्या बढेर ३७ लाख पुगेको बताए । तर, त्यसबाट एक सय जना जतिले मात्रै लाभ लिइरहेको अर्थमन्त्रीले बताएका हुन् ।
सोही कारण सामान्य मानिसको लगानी नडुबोस् भनेर अर्थमन्त्रालयले काम गरिरहेको अर्थमन्त्री शर्माले बताए । हाल सेयर बजारमा बढ्दो चलखेल र अस्वभाविक मूल्यवृद्धिको प्रसंग उठिरहेको र यस विषयमा मन्त्रालयको ध्यान केन्द्रीत भएको शर्माले बताए ।
विद्युत नियमन आयोगले एक सूचना जारी गर्दै सेयर मूल्यमा अस्वभाविक बृद्धि भएको बताएपछि मन्त्रालयले आफ्नो ध्यान त्यतातिर पनि मोडेको शर्माको भनाई छ । त्यसैले आयोगले भनेको जस्तै सत्य÷तथ्य बुझेर मात्रै सेयरमा लगानी गर्न मन्त्री शर्माले लगानीकर्ता समक्ष अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण