यी हुन् लोकतान्त्रिक समाजवादी पार्टीको थपिएका कार्यकारिणी समिति सदस्य (नामावलीसहित)
शुक्रबार, ०४ भदौ २०७८, १५ : २३

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले यसअघि प्रस्ताव गरेको जसपा (लोकतान्त्रिक) पार्टीको नाम परिवर्तन गरेसँगै कार्यकारिणी समिति सदस्यपछि थप गरेको छ ।
निर्वाचन आयोगमा विवरण अध्यावधिक गरेर पुनः दल तथाका लागि दिइएको निवेदनमा ७ जना कार्यकारिणी समिति सदस्य थप गरिएको छ । थप गरिएको कार्यकारिणी समिति सदस्यमा सुरिता कुमारी साह, निलम शर्मा, पुष्पा ठाकुर, कमला कुमारी गुरुङ, निलम कुमारी यादव, प्रेमा चौधरी, रुकमीनी कुमारी देवी भण्डल रहेका छन् ।
यसअघि २४ जनाको कार्यकारिणी समिति रहेकोमा त्यस समितिमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नरहेकाले विधान संशोधन गरेर ७ जना महिला सदस्य थपिएको लोसपाले आयोगमा बुझाएको विवरणमा उलेख छ ।
कार्यकारिणी समिति सदस्यको सूची हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा
-
गणतन्त्रवादीको संयमता : समाजवादी मोर्चाको विरोधसभा शन्तिपूर्ण
-
दुर्गा प्रसाईं फरार
-
पूर्वराजा समर्थक स्वागत नेपालसहित थप ३ जना पक्राउ
-
मन्त्रिपरिषद् बैठक : शुक्रवारको घटनाको सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयलाई निर्देशन
-
Breaking News : नवराज सुवेदी घरमै नजरबन्द