धितोपत्र कारोबारमा मुछिएकालाई कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई समितिको निर्देशन
काठमाडौं । संसदीय अर्थ समितिले धितोपत्र कारोबारमा मुछिएका बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सहित नेप्सेका अध्यक्ष चन्द्र सिंह साउद र बोर्ड संचालक समितिका सदस्य समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मुद्दा छानविन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।
शुक्रबार बसेको समितिको बैठकले बोर्ड र नेप्सेका अध्यक्ष द्वयले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको र त्यसमा ढकालको समेत अनुचित सहभागिता देखिएको भन्दै कारबाहीका लागि निर्देशन दिएको हो । बैठकले सबै पदाधिकारीलाई कानुन अनुसार कारबाही गर्न समेत सरकारलाई निर्देशन दिएको हो ।
सो अवसरमा समितिले पुँजी बजारको दिगो विकास र स्थायित्व काय गर्दै त्यस क्षेत्रमा स्वच्छता, पारदर्शिता, सदाचार, नैतिकता साथै जिम्मेवारी र जवाफदेहिता प्रवद्र्धन गर्न नीतिगत, कानुनी, संरचनात्मक, व्यवस्थापकीय, प्रविधिगत र कार्यशैलीका पक्षमा गर्नुपर्ने सुधारको खाका तयार गरी समितिलाई जानकारी गराउन समेत समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण