शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

अध्यादेशका कारण देश अस्थिरताको भूमरीमा पर्ने खतरा : राणा

शुक्रबार, ०४ भदौ २०७८, १४ : ३७
शुक्रबार, ०४ भदौ २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले अध्यादेशका कारण देश अस्थिरताको भूमरीमा पर्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘ओली सरकारले चालिस प्रतिशतको सीमासहित दल विभाजनको विद्येयक ल्याउँदा विरोध गर्ने गठबन्धन सरकार पक्षधरले बीस प्रतिसतको नयाँ प्रवाधान राखेर विद्येयक ल्याएको छ । यस क्रमले देशमा अस्थिर आउने निश्चित छ,’ अध्यक्ष राणाले शुक्रबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले एक महिना एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै राणाले आलोचना गरे ।

‘गत चुनावपछि दुईवटा ठूला दल थिए । कम्युनिष्ट धारको दल तीन टुक्रामा चकनाचुर भएको छ । नेपाली कांग्रेस पनि अबको चार–पाँच महिनामा शासन संचालन गर्न नसक्ने दल भनेर प्रमाणित हुनेछ,’ उनले भने ।

‘यस अवस्थामा महाधिवेशनबाट खारिएको राप्रपा राजसंस्था र हिन्दुत्व लगायतको नारा बोकेर जनतामाझ स्थापित हुनेछ । देशको हितका लागि आन्दोलन गर्नेछ,’ राणाले भने ।

सो क्रममा  नेपाली कांग्रेसको महासमिति सदस्य उमेश प्रसाद साहको नेतृत्वमा ५७ जनाले राप्रपाको सदस्यता ग्रहण गरेको राप्रपाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप