शिक्षक–प्रहरी झडप : १२ जना घाइते
लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै यहाँ धर्ना सुरु गरेको थियो । सङ्घका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको आरोप लगाए । उनले प्रहरीको झडपमा परी १२ सामान्य घाइते भएको बताए ।
घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको सङ्घले जनाएको छ । सङ्घका सचिव धामीले नगरपालिकाको शिक्षा शाखामा गत साउन ३ गतेदेखि तालाबन्दी रहेको बताए । यसअघि पनि नगरपालिकामा रहेका नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले शिक्षकको माग पूरा नगरेको जनाउँदै कार्यपालिका बैठकसमेत बहिष्कार गरेको थियो ।
आज आन्दोलनमा पार्टीका भ्रातृ सङ्गठनले आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका बेला प्रहरी र नगर प्रहरीले लाठी चार्ज गरेको शिक्षकको आरोप छ । आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ढुङ्गामुढासमेत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री आरजुको भारत भ्रमण अनिश्चित
-
अनेरास्ववियुको सम्मेलन चैत मसान्तमा
-
रोजगारी सिर्जनामा संस्थागत विद्यालयहरूको भूमिका महत्त्वपूर्ण : मेयर कोइराला
-
विदेशमा श्रम गर्दा ज्यान गुमाएका नेपालीको सम्झनामा काठमाडौँमा दीप प्रज्वलन, तस्बिरहरू
-
कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह
-
संविधान पालना गर्नु सबैको दायित्व हो : प्रदेश प्रमुख देवकोटा