शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

शनिबार नर्भिक अस्पतालमा स्पाइनल र हाडजोर्नी रोगको निःशुल्क ओपीडी हुने

शुक्रबार, ०४ भदौ २०७८, १४ : २५
शुक्रबार, ०४ भदौ २०७८

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको निःशुल्क ओपीडी अभियान अन्तर्गत भोली शनिवार हाडजोर्नी विशेषज्ञ तथा स्पाइनल सर्जनले सेवा दिने भएका छन् । 

नर्भिकमा कार्यरत हाडजोर्नी विशेषज्ञ तथा स्पाइनल सर्जन डा. राजेश चौधरीले निःशुल्क ओपीडी सेवा दिने भएका हुन् । 

मेरुदण्ड भाँचिएका, मेरुदण्डमा इन्फेक्सन भएका, मेरुदण्ड सरेका, मेरुदण्डको नशा च्यापिएका लगायतका स्पाइनल समस्या भएका र हाडजोर्नीसँग सम्बन्धित विभिन्न समस्या भएकाले डा. चौधरीको क्याम्पसमा सहभागी भई निःशुल्क सेवा लिन सक्नेछन् । 

नर्भिकले तीन साताअघिदेखि आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा शनिवार डा. चौधरीले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपीडी सेवा दिनेछन् । 

निःशुल्क ओपीडी सेवा लिनका लागि ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिने पनि अस्पतालले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप