बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

‘तालिबानको त्यो अति डरलाग्दो समय जहाँ मैले पिता गुमाएँ’, एक अफगान महिलाको कहानी

शुक्रबार, ०४ भदौ २०७८, १४ : १६
शुक्रबार, ०४ भदौ २०७८

अफगानिस्तानमा तालिबानको सरकार बन्ने तयारीबीच सन् १९९९ मा तालिबानको शासन झेलिसकेकी एक महिलाले आफ्नो कहानी सुनाइरहेकी छिन् । यी महिलाको परिवार सन् १९९९ मा तालिबानको शासनका बेला छरपस्ट भएको थियो । 

अफगानिस्तानको पश्चिमी शहर हेरातमा बस्ने फरिबा १० वर्षकी थिइन् जब अन्तिम पटक उनले आफ्नो घरमा आफ्ना पितालाई देखेकी थिइन् । उनको परिवारको अनुसार उनलाई तालिबानले अपहरण गरेको थियो । यो फरिबाको कहानी हो । यो कहानीमा नाम फेरिएको छ ताकि मानिसहरुको पहिचान लुकाउन सकियोस् । तालिबानको शासनमा बस्नु भनेको एउटा खराब सम्बन्धमा रहनु जस्तै हो । सुरुमा राम्रो हुन्छ । उनीहरुले बचन दिन्छन्, आफ्ना केही बचन पूरा पनि गर्छन्, उनीहरु निकै सम्हालिएर कदम उठाउँछन् । तर जब तपाईंलाई झुटो सुरक्षा महसुस हुन थाल्छ र मिडिया अर्को कहानीमा अघि बढ्छन् । त्यसपछि उनीहरु दिन प्रतिदिन आफ्नो पकड बलियो बनाउँछन् र उनीहरुको खुंखार चक्र सुरु हुन्छ । मेरो पिताको जन्म हेरातमा भएकामे थियो र उनले काबुल युनिभर्सिटीमा पढाई गरेका थिए । पढाई पूरा गरेपछि उनले विवाह गरे र त्यसपछि उनले तत्कालीन अफगानिस्तान सरकारको एउटा सानो टिममा काम गर्न थाले । जब रुसी गए र मुजाहिदिन सत्तामा आए तब मेरा पिताले उउटा एनजीओमा काम गर्न सुरु गरे । जब तालिबान हेरात आए, मेरा पितासँग भाग्ने मौका थियो तर उनी घरमा नै बसे । उनी आफ्नो काम र हेरातलाई प्रेम गर्दथे । 

‘म कहिल्यै आफ्नी आमाको अनुहार बिर्सन सक्दिनँ’

तालिबानको शासनमा जीवन मुश्किल र क्रुर थियो । उनका चार छोरीहरू थिए जसको पढाई रोकिएको थियो र एउटा कान्छो छोरा थिए । तर उनको काम राम्रो थियो र उनीहरु खुसी थिए । उनले आफ्नो र हाम्रा लागि केही गर्न सकिरहेका थिए । उनी जनावरसँग काम गर्दथे जसका कारण मुश्किल जीवन पनि सहज लाग्थ्यो । त्यो जून १९९९ को बिहान थियो । मेरा पिताले बिहानको नास्ता खानुभएको थियो र उनी अफिस जानका लागि तयार भइरहेका थिउ । जब उनी आफ्नो बाइकमा चढेर कामका लागि निस्किए तब उनले मलाई देखेर मुस्कुराए । त्यसको केही बेरपछि हाम्रा छिमेकीले उनको बाइक लिएर हाम्रो घर आए र तालिबानले उनलाई समातेर लिएर गएको बताए । म आफ्नी आमाको त्यो अनुहार कहिल्यै बिर्सन सक्दिनँ । उनी जहाँको त्यहिँ उभिएकी थिइन् । उनी मेरा पाँच महिनाका भाइलाई च्यापेर पिताको खोजीमा दौडिइन् । मेरा पिताबारे केही खबर थिएन, हामीलाई थाहा थिएन कि उनी जिउँदो छ कि छैनन् । मेरा काका र मेरा पिताका साथीहरुले उनलाई कहाँ राखिएको छ भनेर पत्ता लगाउने कोसिस गरे । 

पिताको खोजीः

हरेक दिन मेरी आमा तालिबानको कार्यालयमा चक्कर लगाउँथिन् तर उनीहरुले आमाको कुरै सुन्दैनथे । जब हेरातमा केही पत्ता लाग्न सकेन तब मेरा काका कंधार गए किनभने उनलाई कसैले बताएको थियो कि तालिबानले केही कैदीलाई कंधार लिएर गएका छन् । तर त्यहाँ पनि केही पत्ता लाग्न सकेन । हाम्रा छिमेकी यो कुरामा पूर्ण निश्चिन्त थिए कि मेरा पितालाई तालिबानले नै समातेका थिए । केही अन्य छिमेकीलाई पनि तालिबानले पक्राउ गरेका थिए । पछि उनीहरुलाई हेरात जेलबाट रिहा गरिएको थियो । मेरी आमा निकै मजबुत थिइन्, सिंहिनी झैं । उनी छिट्टै हार मान्ने खालकी थिइनन् । परिवारका सदस्यले उनलाई यसो नगर्न धेरै सम्झाए तर उनले कसैको कुरा सुनिनन् । उनी मेरा साना भाइलाई सँगै लिएर (त्यतिबेला महिला कुनै पुरुषसँग मात्रै बाहिर निस्कन सक्थे भलै ती पुरुष बच्चा नै किन नहोस्) कंधारमा मुल्ला उमरको अफिसमा पुगिन् । तालिबानले उनीमाथि कुटपिट गरे र फेरि देखिए उनलाई ढुङ्गाले हानेर हत्या गरिदिने धम्की दिए । मेरी आमा निराश र हार मानेर घर फर्किइन् । 

हामी तालिबानलाई माफ दिन सक्दैनौंः

तालिबानको शासनमा हाम्रो जीवन नर्क जस्तै थियो जुन निराशाको ब्ल्याक होलजस्तो थियो । मेरी आमा हामी सबैको सुरक्षाका लागि चिन्तित थिइन् । उनी हामीलाई दिएर इरानको मशहद भागिन् । सन् २००४ मा जब अफगानिस्तानको स्थिति राम्रो भयो तब हामी फर्कियौं । हामी पढ्न चाहन्थ्यौं र आफ्ना लागि केही गर्न चाहन्थ्यौं । हाम्रा पितालाई हामीसँग केही आशा थियो जसलाई हामी पूरा गर्न चाहन्थ्यौं । मलाई अहिले पनि त्यो मनै हेर्ने मुस्कान याद छ । मसँग त्यो पेन अहिले पनि छ जुन उनले मलाई दिएका थिए । हामीले उनको शोक मनाउन सकेका थिएनौं । हामी उनलाई बिर्सन पनि सक्दैनौं । अब जब पुनः अफगानिस्तानमा तालिबानको कब्जाको खबर आइरहेको छ, हामीलाई डर छ कि कतै त्यो पुरानो इतिहास दोहोरिने त होइन । अब मेरो विवाह भइसकेको छ र हाल म बेलायतमा बस्छु । तर मलाई आफ्नी आमा, बहिनीहरु र भाइको चिन्ता छ जो अफगानिस्तानमा छन् । मलाई ती लाखौं परिवारको पिर छ जसले हाम्रो झैं पीडा झेल्नुपर्ने हुनसक्छ । ती सबैको अपराध मात्रै यो हो कि उनीहरु अफगानिस्तानमा जन्मिएका हुन् । 

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप