आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा बागमतीमा नयाँ प्रदेश प्रमुख नियुक्त, प्रसाई बर्खास्त

शुक्रबार, ०४ भदौ २०७८, १७ : ४०
शुक्रबार, ०४ भदौ २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हु्न् । 

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख गरिएको छ । 

यस्तै राष्ट्रपतिले केपी ओली सरकारले नियुक्त गरेको विष्णु प्रसाद प्रसाईलाई पदमुक्त गरेकी छिन् । 
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप