राष्ट्रपतिद्वारा बागमतीमा नयाँ प्रदेश प्रमुख नियुक्त, प्रसाई बर्खास्त
शुक्रबार, ०४ भदौ २०७८, १७ : ४०
राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हु्न् ।
राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख गरिएको छ ।
यस्तै राष्ट्रपतिले केपी ओली सरकारले नियुक्त गरेको विष्णु प्रसाद प्रसाईलाई पदमुक्त गरेकी छिन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण