रुकुम पूर्वमा सडक अवरुद्ध

मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुमपूर्वको भूमे गाउँपालिकामा सडक अवरुद्ध भएको छ । भूमे गाउँपालिका ४ धौलापहिरा नजिकै सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो । गएराति परेको भारी वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । रुकुम पूर्वबाट बागलुङ, पर्वत, पोखरा, काठमाडौंका लामो दुरीका सवारी साधनहरु यही सडक मार्ग भएर आवतजावत गर्छन् सडक अवरुद्ध हुँदा आवातजावत बन्द भएको छ ।
बिहानैदेखि सवारी साधनहरु पहिरो खसेको ठाउँमा आएर रोकिएका भूमे गाउँपालिका ३ काचन्द्र रसाइलीले बताए । उनका अनुसार स्थानीय सवारी साधनहरु पनि ठप्प भएका छन् । रूकुमकोटबाट जिल्लाका विभिन्न ठाउँमा जाने र रूकुमकोट आउने सवारी साधनहरुलाई समस्या परेको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले सडक सुचारु गर्नका लागि टोली पठाइएको बताए । उनले पहिरो हटाउनका लागि कति समय लाग्ने एकिन नभएको जानकारी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको छ: मन्त्री खड्का
-
ग्यालेक्सीसँग हार्यो संस्कृति इन्टरनेशनल
-
बीसीसीआईद्वारा आईपीएलका बाँकी सबै खेल रद्द
-
पाकिस्तानसँगको तनावबिच इन्डियन आयल कर्पोरेसनको अपिल
-
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
-
प्रदीप नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता : राष्ट्रपति पौडेल