कलाकार सन्दीप क्षेत्री हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर नियुक्त
काठमाडौं। हास्य कलाकार सन्दीप क्षेत्री हाम्रो पात्रोको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड १ करोड पुरा भएको उपलक्ष्यमा क्षेत्रीसँग
सहकार्य गर्न लागिएको बताए ।
उप्रेतीले कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको बताए । उनले हाम्रो पात्रोको व्यवसायिक प्रवर्द्धनमा कलाकार सन्दीप क्षेत्रीको साथले अझ अगाडि बढ्न सहयोग गर्ने अपेक्षा गरेको बताए ।
यसैगरी, हास्य कलाकार क्षेत्रीले हाम्रो पात्रो आम नेपालीको जनजीवन सहज बनाउने एप भएको उल्लेख गर्दै यससँग जोडिन पाउनु आफ्नो लागि उत्साहपूर्ण विषय भएको बताए । उनले आफूले मोबाइलमा सवैभन्दा पहिले डाउनलोड गरेको नेपाली एप हाम्रो पात्रो भएको पनि बताए ।
एउटै एपबाट अनेक सेवा दिँदै आएको हाम्रो पात्रोले थप नयाँ सेवाहरू समेत ल्याउने तयारी गरिरहेको छ । कम्पनीले हालै मात्र म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज’ ल्याएको छ । बेटा भर्सनमा समेत रहेको यो सुविधा अब चाडै पूर्णरुपमा आईओएसमा समेत उपलब्ध हुने हाम्रो पात्रोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू