मेरो सेयरको पासवर्ड अब युजर आफैले परिवर्तन गर्न सक्ने
शुक्रबार, ०४ भदौ २०७८, १३ : २७
सेयर कारोबारको अनलाई सिस्टम ‘मेरो सेयर’ को पासवर्ड अब यूजर आफैले परिवर्तन गर्न सक्ने भएका छन् । मेरो सेयर सफ्टवेयर प्रदायक कम्पनी सीडीएससीले आफ्नो सेवामा थप ‘फरगेट योस् पासवर्ड’ सेवा थप गरेको हो ।
उक्त सेवा शुक्रवारदेखि कार्यान्वयनमा ल्याइएको सीडीएससीले जनाएको छ । योसँगै अब मेरो सेयर प्रयोगकर्ताहरूले आफ्नो युजरमा आफैले पासवर्ड परिवर्तन गर्न सक्ने भएका छन् । जुन सुविधा मेरो सेयरमा यसअघि थिएन ।
युजरहरुले मेरो सेयरको लगइन पेसमा रहेको ‘फरगेट योर पासवर्ड’ लिंकमा गएर पासवर्ड परिवर्तन गर्न सक्नेछन् । यसरी पासवर्ड परिवर्तन गरेपछि परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउनेछ । इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सकिने सीडीएससीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको