शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चियासँग जोडिएका यी ६ अफवाहलाई तपाईं पनि मान्नुहुन्छ सही ? थाहा पाउनुहोस् वास्तविकता

शुक्रबार, ०४ भदौ २०७८, १३ : १५
शुक्रबार, ०४ भदौ २०७८

के तपाईं चियाको शौखिन हुनुहुन्छ ? धेरैजसो मानिसहरुलाई चिया असाध्यै मनपर्छ । यहाँसम्म कि धेरैजसोले आफ्नो दिनको सुरुवात चियाबाटै गर्छन् । यतिमात्रै होइन, धेरै ानिसहरु चिन्ता, तनाव, टाउको दुखाईको स्थितिमा पनि चियालाई एउटा टोनिकको रुपमा पिउने गर्छन् । 

चिया विभिन्न प्रकारका हुन्छन् – दुध हालेको चिया, कालो चिया, ग्रीन टी । मानिसहरु आफ्नो रुची अनुसार यसको सेवन गर्छन् । हामी नेपाली घरमा चियालाई असाध्यै महत्व दिन्छौं, यसैकारण मानिसहरु बीच योसँग जोडिएका अफवाह फैलिएका छन् । 

केही मानिसहरुलाई लाग्छ कि दुध चिया स्वास्थ्यका लागि हानीकारक हुन्छ, कतिले सोच्छन् ग्रीन टी पिउँदा तीब्र रुपमा तौल घट्छ । यस्तै कतिलाई लाग्छ कि चियाको कुनै एक्सपायरी डेट हुँदैन । साथै कतिलाई लाग्छ कि चिया एउटा हाइड्रेटिङ पेय पदार्थ हो । यदि तपाईं पनि यी अफवाहलाई विश्वास गर्नुहुन्छ भने यसको वास्तविकताबारे थाहा पाउनुहोस् । 

१. दुध चिया स्वास्थ्यका लागि हानिकारक हुन्छः

कालो चिया स्वास्थ्यका लागि फाइदाजनक हुन्छ, यसमा कुनै दुई मत छैन । तर तपाईंले धेरैले भनेको सुन्नुभएको होला कि दुध चिया पिउनु हुँदैन किनभने यो स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर यो एउटा भ्रम मात्रै हो । चियामा दुध मिसाउँदा पोषक तत्व नष्ट हुँदैन । बरु दुध मिसाउँदा शरीरमा क्याल्सियमको पूर्ति हुन्छ । दुधमा क्याल्सियम हुन्छ जसका कारण हड्डी बलियो हुन्छ । तर तपाईंले दिनमा दुई कपभन्दा बढी चियाको सेवन गर्नु हुँदैन । 

२. ग्रीन टी पिउँदा तुरुन्त कम हुन्छ तौलः

यो वाक्य आजकाल मानिसहरुबीच  एउटा ठूलो अफवाह बनेको छ । ग्रीन टी स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर यसको मात्रै सेवन गरेर तपाईंले तौल कम गर्न सक्नुहुन्छ भन्नु गलत हो । हुन त ग्रीन टीमा भएको केटचिनले मेटाबोलिजमलाई बढाउन र फ्याट बर्न गर्न मद्दत गर्छ तर यसको यो अर्थ होइन कि ग्रीन टी पिएर मात्रै तौल कम हुन थाल्छ । तौल कम गर्नका लागि दैनिक २–३ कप ग्रीन टी पिउनुका साथै तपाईंले आफ्नो खाना र व्यायाममा पनि पूरा ध्यान दिनुपर्छ । 

३. चिया एक हाइड्रेटिङ पेय पदार्थ होः

यदि तपाईं धेरै नै चियाको सेवन गर्नुहुन्छ भने बारम्बार पिसाब आउँछ । यसका कारण धेरैले यसलाई हाइड्रेटिङ पेय पदार्थ ठान्ने गर्छन् । चियाले तपाईंलाई केही हदसम्म हाइड्रेशनको आवश्यकतालाई पूरा गन सक्छ किनभने यसमा पानी र दुध मिसाइन्छ । तर तपाईंले आफ्नो शरीरलाई हाइड्रेट राख्नका लागि अन्य स्वस्थ विकल्पलाई छान्नुपर्ने हुन्छ । चियाको सेवन सिमित मात्रामा गर्ने हो भने स्वास्थ्यले लाभ पाउँछ । अन्यथा यसले हानी नै गर्छ । तपाईंले खाना खाएपछि भने चिया खानुहुँदैन । 

४. हर्बल टी क्याफिन रहित हुन्छन्ः

दुध चियामा क्याफिन हुने कुरा धेरैलाई थाहा छ । तर हर्बल टीमा क्याफिन हुँदैन भनेर धेरैले सोच्छन् । हर्बल टीलाई जडीबुटी, दाना, बोटबिरुवाका बोक्रा र फूलबाट तयार पारिन्छ । हर्बल टीमा क्याफिनको कुरा गर्ने हो भने सबै हर्बल टी क्याफिन फ्रि हुँदैनन् । केहीमा हुन्छन् । त्यसैले यदि तपाईं क्याफिन रहित चिया पिउन चाहनुहुन्छ भने हर्बल टी लिनुभन्दा अघि यसको लेबल हेर्नुहोस् । 

५. ग्रीन टी सबैभन्दा बढी फाइदाजनक हुन्छः

ग्रीन टीका साथै कालो चियामा पनि असाध्यै राम्रो मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ । ग्रीन टीले स्वास्थ्यलाई थुप्रै लाभ प्रदान गर्छ । दुबैमा लगभग एकै प्रकारको पोषक तत्व पाइन्छ । यी दुईबीच रङ्गको मात्रै फरक हुन्छ भन्दा फरक नपर्ला । ग्रीन टी ब्ल्याक टीभन्दा बढी चर्चित छ । मानिसहरु कालो चियाभन्दा ग्रीन टी पिउन रुचाउँछन् । तर दुबैमा एकै किसिमको पोषक तत्व पाइन्छ । 

६. चियाको कुनै आयु हुँदैनः

हामीमध्ये धेरैलाई लाग्न सक्छ कि चियाको कुनै आयु हुँदैन । अर्थात्, यसलाई वर्षौं वर्षसम्म प्रयोग गर्न सकिन्छ । यदि तपाईं पनि यस्तै सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ किनभने भान्साघरमा हुने अधिकांश चिजजस्तै चियाको पनि एक्सपायरी डेट हुन्छ । म्याद गुज्रिएपछि चियाको सेवन गर्नु स्वास्थ्या लागि हानिकारक हुन्छ । यदि तपाईंको चियाबाट कडा गन्त्र आउन थालेको छ वा सुगन्ध गायब भएको छ भने बुझ्नुहोस् कि तपाईंको चियापत्तिको मिति पुग्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप