आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भीमदत्त राजमार्ग सुचारु

शुक्रबार, ०४ भदौ २०७८, ११ : ४४
शुक्रबार, ०४ भदौ २०७८

गए रातिको वर्षाका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग पुनः सञ्चालनमा आएकोे छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग  अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले सञ्चालन भएको प्रहरी चौकी घण्टेश्वर गैराले जनाएको छ ।  दर्जनौँ सवारीसाधन अहिले आआफ्नो गन्तव्यतिर लागेका स्थानीयवासी मोतीसिंह बमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप