कमेडी लाइभ शो ‘हाम्रो घर’ ल्याउँदै महादेव
![कमेडी लाइभ शो ‘हाम्रो घर’ ल्याउँदै महादेव](https://rpcdn.ratopati.com/media/albums/hamro-ghar_wADEmEDf0a.jpg)
नेपाली जादुगरको रुपमा चर्चित कलाकार महादेव त्रिपाठीले कमेडी लाइभ शो ‘हाम्रो घर’ सञ्चालनमा ल्याउने भएका छन् । मेघा टेलिभिजनबाट उनले प्रत्येक शुक्रबार र शनिबार साँझ उक्त शो ल्याउन लागेका हुन् । बिभिन्न कमेडी, व्यङ्ग्यका लाइफ प्रस्तुति समेत उनको शोमा रहनेछ । समसामयिक, राजनीतिलगायत सर्वसाधारणसँग प्रत्यक्ष सरोकार रहने विषयवस्तु ब्यङ्ग्यका रुपमा कलाकारको माध्यमबाट कार्यक्रममा प्रस्तुत हुनेछन् ।
कार्यक्रममा महादेवको अलवा मनिषा थापा, यस गिरी, बाल कलाकार नेरिस्का स्थापित, रोहित थापामगर, अपेक्षा शेरचन, योगिशा खत्री, आयुष बस्नेतलगायले प्रस्तुति राख्नेछन् । दर्शकसँग समेत प्रत्यक्ष कुराकानी गर्दै उनीहरुले उठाएको विषयको समेत कलाकारले अभिनयमार्फत लाइभ कार्यक्रममा प्रस्तुत गर्ने आफ्नो कार्यक्रमको रहेको कलाकार त्रिपाठीले बताए ।
‘दर्शकलाई मेरो कार्यक्रमले मनोरञ्जन मात्र दिँदैन कलाकारसँग पनि जोड्ने छ’ त्रिपाठीले भने, ‘दर्शकले कार्यक्रममा आफुले चाहेको बिषयमा मज्जाले हाँस्न पाउनेछन् ।’ नेपाली टेलिभिजनको इतिहासमा आफ्नो कार्यक्रमको फरम्याट अहिलेसम्मकै फरक भएको दाबी गरेका त्रिपाठीले कार्यक्रम दर्शकको रोजाइमा छिट्टै पर्ने दाबी गरे । कार्यक्रम ११ भदौबाट प्रसारणमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'