सप्तकोशीमा हामफाली आत्महत्या प्रयास गर्ने ६ जनाको उद्धार
![सप्तकोशीमा हामफाली आत्महत्या प्रयास गर्ने ६ जनाको उद्धार](https://rpcdn.ratopati.com/media/albums/dubeko_drown_cartoon_py8xugP7EQ.jpg)
सप्तकोशी नदीमा हाम फाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हाम फालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हाम फालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सकुशल उद्धार गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला समेतलाई आत्महत्याका लागि नदीमा हामफालेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । आत्महत्याको प्रयासमा कोशीमा हाम फालेका सबैकोे सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदर नियन्त्रणको मागसहित किसानद्वारा प्रदर्शन
-
सालझण्डी–ढोरपाटन सडक अवरुद्ध
-
कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : डा.कोइराला
-
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ५० अर्ब तरलता तान्दै
-
नेकपा एस महाधिवेशन : १२ समूहका सुझाव पेस हुँदै
-
मोदीको मस्को भ्रमणअघि रुसले भन्यो– हरेक मुद्दामा वार्ता हुनेछ