मेस्सीले पिएसजी डेब्युका लागि अझै प्रतीक्षा गर्नुपर्ने
शुक्रबार, ०४ भदौ २०७८, ०९ : ५१
लियोनल मेस्सीका समर्थकहरु चाडैं उनले पिएसजीबाट खेलेको हेर्न आतुर छन् । तर प्रशिक्षक माउरिसियो पोटेटिन्होले शुक्रबार साँझ बे्रस्टविरुद्ध हुने खेलमा मेस्सीको नाम टोलीमा राखेका छैनन् ।
यस खेलमा नेइमार र लियनद्रो पेरेडेस पनि मैदानमा हुनेछैनन् । कोपा अमेरिकाको फाइनल खेलमा सहभागी हुन परेका कारण उनीहरुले पनि प्रिसिजनको तयारी गर्न पाएका थिएनन् ।
अब लिग वानको चौथो खेलमा स्टेडे डि रेइम्सविरुद्ध मेस्सी मैदानमा उत्रनसक्ने अपेक्षा गरिएको छ । यसै महिना बार्सिलोनासँगको २१ वर्षे सम्बन्ध टुंग्याएर छाडेर मेस्सी पिएसजीमा आबद्ध भएका हुन् ।
१७ वर्ष बार्साको सिनियर टोलीबाट खेल्नेक्रममा उनले सर्वाधिक धेरै खेल खेल्ने खेलाडी र सर्वाधिक धेरै गोल गर्नेसहितका दर्जनौं किर्तिमान बनाएका थिए । उनी स्पेनिस ला–लिगाको इतिहासमै सर्वाधिक ४ सय ७४ गोल गर्ने खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव सरुवाले हैरान बनेका सांसदले भने : नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा पुगिसक्छन्
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
-
इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै