शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

झापाबाट भन्सार छलेर ल्याएको औषधि बरामद

शुक्रबार, ०४ भदौ २०७८, ०७ : ४६
शुक्रबार, ०४ भदौ २०७८

झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेचीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको औषधि बरामद गरेको छ । बिहिबार करिब ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बलको बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट ल्याएको सो औषधी बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका ९ गौरीकटानस्थित सीमा इलाकाबाट करीव १ लाख ५० हजार रुपैयाँ बराबरको एक सय २० तोला चाँदी बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको सो चाँदी सशस्त्र प्रहरीको बिओपी बग्राकटानबाट खटिएको टोलीले बरामद गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप