अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा अफगानिस्तानका युवा फुटबलर

काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा त्यहाँको युवा फुटबलर रहेको अफगान अधिकारीहरूले पुष्टि गरेका छन् । विमानबाट खसेर मर्ने १९ वर्षीय जाकी अनवरीले अफगानिस्तानको युवा टोलीबाट फुटबल खेलेको बीबीसीले जनाएको छ । उनको मृत्युबारे थप जानकारी भने सार्वजनिक गरिएको छैन ।
अफगानिस्तानको फिजिकल एजुकेसन एन्ड स्पोर्टको जेनेरल डाइरेक्टरेटले अनवरीको निधनप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । ‘उनको आत्माले शान्ति पाओस् र उनको परिवार, मित्र र समकक्षीका लागि भगवानसँग प्रार्थना गर्दछौँ,’ संस्थाले भनेको छ । अन्यले पनि सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
तालिबानले अफगानिस्तानमा कब्जामा जमाएपछि हजारौँ सङ्ख्यामा अफगान नागरिकहरू देश छाडेर भागिरहेका छन् । पश्चिमा राष्ट्रहरूले आफ्ना नागरिकहरूलाई उद्धार गर्न थालेपछि अफगान नागरिकहरू पनि काबुलस्थित विमानस्थलमा पुगेका थिए । सोमबार अमेरिकी एयरफोर्सको विमानको छेउमा रनवेमा सयौँ मानिसहरू कुद्दै गरेको र केही विमानको चक्कामाथि झुन्डिएर बसिरहेको भिडियो बाहिर आएको थियो ।
स्थानीय मिडियाका अनुसार कम्तीमा दुई जनाको विमानमा खसेर मृत्यु भएको छ । यता, कतार आइपुगेको विमानको ल्यान्डिङ गियरमा मानिसहरूको शव फेला परेको पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’
-
नेपाली खेलकुदमा दिनेभन्दा पनि लिने प्रवृत्ति हाबी छ
-
राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?
-
‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
-
स्मार्टफोन र कम्प्युटरलाई कर छुट दिने अमेरिकाको निर्णयमा चीनले के भन्यो ?
-
विद्यालय भर्ना अभियानमा जनप्रतिनिधि परिचालन