आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

फोटोग्राफी प्रतियोगिताको उपाधि विवेकलाई

शुक्रबार, ०४ भदौ २०७८, ०६ : ५६
शुक्रबार, ०४ भदौ २०७८

१८२ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौँमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललितपुरका मच्छिन्द्र फोटो स्टुडियोका फोटोग्राफर हुन् । 

फोटो व्यवसायीहरूको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरूको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तर्राष्ट्रियमाझ पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताए । प्रतियोगितामा ३८ जिल्लाका ३ सय ६६ जना फोटोग्राफरले पठाएका ५ सय १३ वटा फोटोले सहभागिता जनाएका थिए । प्रतियोगिताको संयोजकको रूपमा सिनियर ल्याब टेक्निसियन हरि बहादुर पाण्डे, निर्णायक मण्डलहरूमा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्र जङ्ग बस्नेत, रिपब्लिक अफ ट्रिनेडाड एन्ड टोबागोका वरिष्ठ फोटोग्राफर जेम्स बि सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस रहेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप