आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश २ : प्रदेश प्रमुखको कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्बिर हटाइएकोमा आपत्ति

शुक्रबार, ०४ भदौ २०७८, ०६ : २०
शुक्रबार, ०४ भदौ २०७८

जनकपुर । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले आफ्नो कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्बिर हटाउन लगाएका छन् ।

पूर्ववर्ती प्रदेश प्रमुख राजेश झा अहिराजले पद बहालीसँगै आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राख्न लगाएका थिए । नवनियुक्त प्रदेश प्रमुख मिश्रले भने आफ्नो कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्बिरलाई हटाएका हुन् ।

प्रदेश प्रमुखको कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्बिर हटाइएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै नवनियुक्त प्रदेश प्रमुख मिश्रको कडा आलोचना गरेका छन् ।

अध्यक्ष थापाले हिन मानसिकता बोक्नेहरूले देशको स्वाभिमान, सार्वभौमिकता र एकता बलियो बनाउन सक्दैनन् भनेर टिप्पणी गरेका छन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल राष्ट्रका निर्माताको सम्मान गर्न नसक्ने वा नचाहने हिन मानसिकता बोक्नेहरूले देशको स्वाभिमान, सार्वभौमिकता र एकता बलियो बनाउन सक्दैनन् । जसले नेपाली नाम र पहिचान दियो, जसको कारण आज पद प्रतिष्ठा पाएका छन्, त्यो महान व्यक्तित्वप्रति गर्व गर्न नसक्नेहरू कायर आत्मसमर्पणवादी हुन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप