शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

अफगानिस्तानबाट २९६ नेपालीको उद्धार, छुटेकाहरुलाई यी नम्बरमा सम्पर्क गर्न आग्रह

बिहीबार, ०३ भदौ २०७८, २१ : ४४
बिहीबार, ०३ भदौ २०७८

सरकारले अफगानिस्तानबाट २९६ जना नेपालीको उद्धार गरेको छ । बिहीबार अल जजिरा एयरको कुवेत काठमाडौं नियमित उडानबाट थप ८ जना समेत गरी हालसम्म कूल २९६ जनालाई काठमाडौं ल्याइपुर्याइएको हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उद्धार गरिएका थप नेपाली  नेपाल फर्किने प्रकृया जारी रहेको जानकारी दिएको छ ।

नेपाल फर्किएका उनीहरुलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै अफगानिस्तानमा रहेका ३ सय नेपालीले बिहीबार साँझ ५ बजेसम्म कन्सुलर सेवा विभागको वेभ पोर्टलमा विवरण दर्ता गराएका छन् ।

मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीले कन्सुलर सेवा विभागको वेबसाइट Nepalconsular.gov.np मा नामसहितको विवरण दर्ता गर्न आग्रह गरेको छ । त्यस्तै कन्सुलर सेवा विभागको मोबाइल नम्बर ९७४९३२६४५८, परराष्ट्र मन्त्रालयको ९७४९३२६४५९, ९८४१७९२७७४ र नेपाली राजदूतावास नयाँ दिल्ली ९१ ८९२९६०१९२५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ । 

मन्त्रालयले अफगानिस्तानमा रोजागारीका सिलसिलामा रहेका नेपालीहरुको अवस्था एकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरु गर्न बसेको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाको प्रमुखको संयोजकत्वमा गठित कार्यदलको चौथो बैठक समेत सम्पन्न भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप