शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भीमफेदीको पान्द्राङमा पहिरोका कारण यातायात अवरुद्ध

बिहीबार, ०३ भदौ २०७८, २१ : ०८
बिहीबार, ०३ भदौ २०७८

हेटौँडा–भैँसे हुँदै भीमफेदी जाने सडकखण्डमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिको पान्द्राङस्थित माथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकीले जनाएको छ । 

पहिरोका कारण भीमफेदी हुँदै हेटौंडातर्फ आउने सवारीसाधन र भीमफेदीतर्फ जाने यात्रु समस्यामा परेका छन् । भैँसे प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको छ । उक्त स्थानमा यसअघि पनि माथिबाट खसेको पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप