आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

डिल्लीराम शर्मा सचिवमा बढुवा

बिहीबार, ०३ भदौ २०७८, २३ : २१
बिहीबार, ०३ भदौ २०७८

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले शर्मासहित ३ जनाको नाम सचिव बढुवाका लागि सिफारिस गरेको थियो ।

शर्मासँगै निर्वाचन आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठ र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रबिलाल पन्थको नाम सिफारिस भएको थियो । ती मन्त्रीका अनुसार उनीहरुमध्ये पहिलो नम्बरमा रहेका शर्मालाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप