बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भदौ ७ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

बिहीबार, ०३ भदौ २०७८, १९ : ४२
बिहीबार, ०३ भदौ २०७८

बागमती प्रदेश सरकारले आगामी भदौ ७ गते सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै भदौ ७ गते गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेको छ । 

प्रदेशभित्र महत्त्वका साथ मनाइने पर्व भएकाले गाईजात्राका दिन  प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

राजा प्रताप मल्लले पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई वियोगबाट पार लगाउन गाई जात्रा पर्व सुरु गरेको मानिन्छ ।
गाईजात्रा पर्वले मानिसहरुलाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको विश्वासका साथ यो पर्व विषेश गरि नेवार समुदायले मनाउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप