माधव नेपाल निकट यादवचन्द्र शर्मा बागमती प्रदेश प्रमुखमा सिफारिस
काठमाडौं । सरकारले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर शर्मालाई प्रदेश प्रमुख सिफारिस गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । मन्त्रीका अनुसार शर्मा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपालनिकट हुन्।
०६५ मा माधव नेपाल प्रधानमन्त्री हुँदा शर्मा ला स्वकीय सचिव बनेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववत् सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाउँदै नयाँ नियुक्त गरिरहेको छ ।
यसअघि लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भएका थिए । अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश १ , सुदूरपश्चिम र कर्णाली प्रदेश प्रमुख मात्र हटाउन बाँकी छ ।
गण्डकी र प्रदेश २ मा काँग्रेस निकट गुरुङ र मिश्र प्रदेश प्रमुख बनेका छन् । यस्तै लुम्बिनीमा माओवादी निकट शेरचना र बागमतीमा माधव नेपाल निकट शर्मा प्रदेश प्रमुख बनेका छन् । देउवाले नियुक्त गर्न बाँकी तीन जना प्रदेश प्रमुखमा माओवादी, एमाले समाजवादी र जसपाले एक एक प्रदेश प्रमुख पाउने सत्तारुढ गठबन्धनमा सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
-
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना