आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

डिशहोम फाइबर नेट सेवा बनेपामा

बिहीबार, ०३ भदौ २०७८, १८ : ३४
बिहीबार, ०३ भदौ २०७८

काठमाडाैं । डिशहोमको फाइबर नेट सेवा काभ्रेपलाञ्चोकको बनेपामा विस्तार भएको छ । प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको र सोही अनुरुप डिशहोमको फाइबर नेट बनेपामा पुगेको कम्पनीले जनाएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यस अघि नै डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्यसहित हाल बनेपा पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप