बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भदौ १४ गते सार्वजनिक बिदा

बिहीबार, ०३ भदौ २०७८, १८ : २३
बिहीबार, ०३ भदौ २०७८

सरकारले  भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यस्तै बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाईजात्रामा उपत्यकामा सार्वजनिक बिदा सँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए । 

मन्त्रिपरिषद् बैठकले काठमाडौं– तराई÷मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाहरूको निर्माण गर्नका लागि मकवानपुर जिल्लाका कालभैरव सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा ५.२२ हेक्टर थप वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप