बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रूक्माङ्गद कटवालले सुरु गरे हिन्दू अभियान

बिहीबार, ०३ भदौ २०७८, १८ : ०७
बिहीबार, ०३ भदौ २०७८

पूर्वप्रधानसेनापति रूक्माङ्गद कटवालले ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ सुरु गरेका छन् । ललितपुरको एकान्तकुनास्थित अभियानको केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कटवालले यो अभियान प्रारम्भ गरेका हुन् ।  

‘नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो । यसै भावलाई अर्थात हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उद्देश्य हो,’ कटवालले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू धर्मले सबै प्रकारका उपासना पद्दति अपनाउन स्वतन्त्रता दिएको दाबी गरे ।

त्यस्तै, शान्तिधामका मठाधीश स्वामी भानुभक्ताचार्य महाराजले हाम्रो स्वत्वलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने धारणा राखे । ।

हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह–संघचालक रहेका पूर्वएआईजी कल्याण कुमार तिम्सिनाले यो अभियान एउटा सामाजिक अभियानका रुपमा अघि बढ्ने बताए ।

कार्यक्रममा बोल्दै वक्ता देवेश झाले जनमानसले गौरवशाली संस्कृतिको स्वाभिमान बिर्सँदा समाजमा विकृति मौलाइरहेको जिकिर गरे ।

जुम प्रविधिमार्फत कार्यक्रममा देशभरका १ हजार कार्यकर्ता तथा शुभचिन्तकलाई जोडिएको अभियानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप