शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभामुखलाई केपी ओलीको प्रश्न : न्यायाधीश पल्टिने ? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने ?

बिहीबार, ०३ भदौ २०७८, १७ : २२
बिहीबार, ०३ भदौ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको भुमिकामाथि गम्भिर प्रश्न उठाएका छन् । न्युज एजेन्सी नेपाललाई दिएको अन्तरवार्तामा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफैं माओवादी कार्यकर्ताजस्तो बनेर र न्यायाधीशजस्तो बनेर निष्पक्ष भुमिका निर्वाह गर्न नसकेको बताए । अध्यक्ष ओलीले एमालेले कारवाही गरेका १४ सांसद माथिको पत्रलाई सभामुख सापकोटाले अघि नबढाएको भन्दै आक्रोश समेत पोखे ।
‘अग्नि सापकोटाजीलाई म सोध्न चाहान्छु– संसद चलाउनु छ कि छैन ? गैरकानुनी ढंगले, मनमौजी ढंगले संसद चल्न सक्दैन । उहाँलाई सभामुख हुनुछ कि छैन ? एउटा पार्टी कार्यकर्ताको भूमिकामा रहेर सभामुख हुन सकिँदैन’ ओलीको चेतावनी छ । उनले सभामुख न्यायाधीश नहुने भन्दै छानविन गर्ने र फैसला गर्ने नभएको बताए । ‘कुनै पार्टीले कसैलाई निकाल्छ कि निकाल्दैन, निकाल्नु उपयुक्त छ कि छैन ? न्यायाधीश होइन सभामुख । निष्कासन गरेको सूचना टाँसिदिने हो’ ओलीको दावी छ ।

के भने ओलीले ? जस्ताको तस्तै :
सभामुखको काम पार्टीले कसैलाई निष्कासन गर्छ भने नोटिस जारी गर्दिने हो । पहिला टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल उहाँले नोटिस जारी गर्नुभएको थियो ।
संसदमा सुनाउनुभएको थियो । सरिता गिरीलाई प्रमुख सचेतकले उहाँलाई निकालिएको छ भन्ने बित्तिकै तत्काल सुनाउनुभएको थियो । उहाँको इन्ट्रेस्टमा । अहिले तीन दिनदेखि उहाँ के पर्खेर बस्नुभएको छ ? नेकपा एमालेले हटाइसकेका मान्छेहरु । एमालेले हटाएको छ भन्ने ट्रेडिसन के छ भन्दा २४ घण्टाभित्र सूचना टाँस गरिसकेको छ । यतिखेर सूचना टाँस नगर्ने ? कागजपत्र झिकाउँछु, हेर्छु । सभामुख न्यायाधीश होइन । सभामुखले छानविन गर्ने, फैसला गर्ने होइन । कुनै पार्टीले कसैलाई निकाल्छ कि निकाल्दैन, निकाल्नु उपयुक्त छ कि छैन ? न्यायाधीश होइन सभामुख । निष्कासन गरेको सूचना टाँसिदिने हो । सदन छ भने सदनमा सुनाउने । सदन चलेको छैन भने सूचना पाटीमा सूचना टाँस गर्नेसम्मको काम हो सभामुखको । न्यायाधीश पल्टिने हो र ? माओवादी कार्यकर्ता भएर एमालेका विरुद्ध काम गर्ने हो । एमाले फुटाउने षडयन्त्रमा सामेल हुने हो सभामुख ? उहाँ केलाई पर्खिरहनुभएको छ ? उहाँले ठान्नुभएको होला उहाँले नसुनाएसम्म पद कायमै रहन्छ । र, त्यो कायमै रहेको पदसँग उहाँहरुले एमाले विरोधी मान्छे त्याहाँ संसदमा उपस्थित गराउने भन्ने ।

अग्नि सापकोटाजीलाई म सोध्न चाहान्छु– ‘संसद चलाउनु छ कि छैन ? गैरकानुनी ढंगले, मनमौजी ढंगले संसद चल्न सक्दैन । उहाँलाई सभामुख हुनु छकि छैन ? एउटा पार्टी कार्यकर्ताको भूमिकामा रहेर सभामुख हुन सकिँदैन । सभामुखको कुर्सीमा बसेपछि निष्पक्ष भूमिका निर्वाह गर्नसक्नुपर्छ । होइन भने उहाँले छोडिदिए हुन्छ । त्यो निष्पक्षता अपनाउन सकिँदैन भने सभामुख छोडिदिए हुन्छ । निष्पक्ष मन छैन भने । पार्टीप्रतिको लोयल्टी नै कायम राख्नुहुन्छ भने । त्यसअनुसारकै आचरण र व्यवहार गर्नुहुन्छ भने । कार्यकर्ता भैरहनुहुन्छ भने सभामुख हुन सकिदैन । त्यसकारण उहाँले रोज्नुपर्छ । या त कार्यकर्तामा फर्किनुपर्छ या सभामुखको हैसियतमा निष्पक्ष ढंगले काम गर्नुपर्छ । यो अटेरी, जिद्दी, गैरकानुनी तालले असंसदीय क्रियाकलाप रिपिटेट्ली देखाउनुभएको छ । माओवादी कार्यकर्ताको रुपमा काम गर्नुभएको छ । त्यो काम गर्न पाइँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप