२४ घण्टामा ३०७५ संक्रमित थपिए, १६८ जना भेन्टिलेटरमा
बिहीबार, ०३ भदौ २०७८, १६ : ४५
पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या ४० हजार ५०० पुगेको हो ।
संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु हुँदा २१२६ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिएका संक्रमितसँगै हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४२ हजार २२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७८ हजार ३७७ पुगेको छ । संक्रमितमध्ये ६ लाख ९१ हजार २९९ जना निको भएका छन् भने मृतकको कुल संख्या १० हजार ४२९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण