लिच्छविकालपछि केपी ओलीको समय स्वर्णयुग : महेश बस्नेत
नेकपा एमालेका नेता महेश बस्नेतले विकासको हिसावले लिच्छविकालपछि केपी शर्मा ओलीको प्रधानमन्त्रीको काल स्वर्ण युग रहेको दावी गरेका छन् । भक्तपुरमा बिहिबार गरिएको कार्यक्रममा बोल्दै उनले ओलीले भक्तपुरको विकासका लागि ४ वर्षमा २० अर्बको बजेट पठाएको भन्दै द्रुत गतिमा काम भइरहेको बताए । भूकम्पपछि पुनर्निर्माण सकिएको, सम्पदा क्षेत्रमा सडकमा ढुङ्गा छाप्ने काम भएको लगायतका विकासका फेहरिस्त प्रस्तुत गरे ।
उनले सभामुख अग्नि सापकोटालाई केपी ओलीले बनाएको सभामुख भन्दै सांसदलाई कारवाही गरेको सूचना छिटो निकाल्न आग्रह गरे । जनता समाजवादीले सरिता गिरीलाई कारवाहीका लागि सूचना निकाल्दा १२ घण्टाभित्र सूचना निकालेको, माओवादीका टोपबहादुर लगायतका सांसदहरुलाई कारवाही गर्दा २४ घण्टामा सूचना निकालेको बताए । उनले आज सभामुख सापकोटालाई भेटेर एमालेका १४ सांसदलाई कारवाही गरेको सूचना निकाल्न चेतावनी दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण