शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

थरूहट थारुवान राष्ट्रिय मोर्चाको माइतीघरमा धर्ना (फोटोफिचर)

बिहीबार, ०३ भदौ २०७८, १५ : ४६
बिहीबार, ०३ भदौ २०७८

थरूहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले बिहीबार राजधानीको माइतीघरमा धर्ना दिएको छ । 
थरूहट थारुवान विद्रोहको ६ वर्ष पुगेको अवसरमा समानता, न्याय र अधिकारका लागि तथा दासता विरुद्धको तेस्रो चरणको अभियान सफल पार्न भन्दै माइतीघर मण्डलामा भएको धर्ना दिइएको हो । 

सो क्रममा नाटक सहित विरोध प्रदर्शन गरिएको थियो । धर्ना कार्यक्रममा सहभागीहरुले रेशम चौधरीको रिहाइसहित थारु हकअधिकारको माग समेटिएको ब्यानरसहित प्रदर्शन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप