कर्मचारीको कार्यप्रगति मूल्याङ्कन : गुणस्तर तथा नापतौल विभागका महानिर्देशक उत्कृष्ट
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कर्मचारीको वार्षिक आन्तरिक कार्य प्रगतिको मूल्याङ्कन सार्वजनिक गरेको छ । जसमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनी उत्कृष्ट भएका छन् । मन्त्रालय अन्तर्गतका १५ सचिव, महानिर्देशक र सहसचिवको कार्यप्रगति रिपोर्टमा महानिर्देशक पुडासैनी उत्कृष्ट भएका हुन् ।
उनले गत आर्थिक वर्षमा कुल १५ वटा योजनाको जिम्मा लिएकोमा ७ वटा योजना सम्पन्न गरेर कुल १०० अंकमा ९२ प्राप्ताङ्क ल्याएका छन् । यस्तै उनले जिम्मा लिएका अन्य ७ वटा योजना सम्पन्न हुने क्रममा रहेको र एउटा योजना शुरु नै भएको छैन ।
उनी पछि उद्योग विभागका महानिर्देशक जिवलाल भुषालले ८९.६ अंक ल्याउँदै मन्त्रालयको आन्तरिक मूल्याङ्कनमा दोस्रो भएका छन् । उनले गत आर्थिक वर्षमा २६ वटा योजनाको जिम्मा लिएकोमा २० वटा सम्पन्न भइसकेका छन् । ५ वटा सम्पन्न हुने क्रममा र एउटा योजना सुरु नै नभएको मन्त्रालयले बताएको छ ।
यसैगरी,सहसचिव प्रकाश दाहालले ८७ अंक, सहसचिव चन्द्रकला पौडेलले ८५ अंक, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले ८३.१ अंक प्राप्त अंक ल्याएका छन् । यस्तै, कार्य प्रगति रिपोर्टमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले ८० र उद्योग सचिव अर्जुन प्रसाद पोखरेलले ७६.५ अंक ल्याएको मन्त्रालयले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा कांग्रेस–एमालेबिच भागबन्डाको लफडाले संसदीय समिति सभापतिविहीन
-
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
-
‘पिताम्बर’ २९ चैत्रमा रिलिज हुने
-
भादा गाउँमा थारु होमस्टे महोत्सव हुने
-
व्यक्तिगत इगो र गुटगत कलहले कांग्रेसभित्र क्रियाशील सदस्यताको बबन्डर
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु