ओलीको दाबी : हामीले नै हो जुम प्रविधि सुरु गरेको
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले जुम प्रविधिको सुरु गरेको दाबी गरेका छन् । बिहीबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
सिङ्गापुरमा उपचारका क्रममा गएका बेला जुम प्रविधिबाट मन्त्रिपरिषदको बैठक राखेर आफूले यसको सुरुवात गरेको उनको दाबी थियो । आफूले सुरु गरेको प्रविधिबाट अहिले अनलाइनबाटै सभा छलफल गर्न सम्भव भएको दाबी गरे ।
उनले भने– ‘अन्तर्राष्ट्रिय सम्मेलनमा त्यहीँबाट सहभागी हुने प्रणाली हामीले सुरु गर्यौं। कसको जमिन कस्तो छ भनेर अनलाइनबाटै माटो परीक्षण गर्ने प्रणाली सुरु गर्यौं । मेरो कित्ता भन्ने अनलाइनबाटै जग्गाको बारेमा थाहा पाउने प्रणाली विकास गर्यौं ।’
उनले जुम प्रणाली सुरु नगरेको भए बालबालिकाको पढाइ प्रभावित हुने बताउँदै विद्यार्थीहरुले अहिले मोबाइल फोनबाटै पढ्न पाएको दाबी गरे । उनले त्यो समयमा अनलाइन विधिबाट पढ्ने कुराको सुरु नगरेको भए विद्यार्थीले अनलाइनबाट पढ्न नपाउने दाबी गरे ।
जुम एप्लिकेसनको सुरुवात एरिक युआन हुन् । उनले २०१९ को अप्रिलदेखि यसको सुरुवात गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण