शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फिल्म निर्माता चन्दन रोक्काको निधन

बिहीबार, ०३ भदौ २०७८, १४ : ५४
बिहीबार, ०३ भदौ २०७८

पुराना अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन भएको छ । रोक्काको बिहिबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निधन भएको उनका भाइ नवराज रोक्काले जानकारी दिए । ५९ वर्षका रोक्का केही अगाडि कोरोना संक्रमित भएका थिए । एक साता अगाडि भने उनको कोरोना रिपोट नेगेटिभ आएको थियो । कोरोना रिपोट नेगेटिभ आएपनि स्वास्थ्यमा समस्या देखिएको कारण उनको अस्पतालको आइसियुमै उपचार भइरहेको थियो ।

घर, संघर्ष लगायत थुप्रै सिरियल अभिनय गरेका रोक्काले ‘पिरती आफै हुँदो रहेछ’, ‘प्रेम युद्ध’ लगायत केही फिल्ममा नायकको रुपमा समेत अभिनय गरेका छन् । फिल्म ‘प्रेम युद्ध’ उनले निर्माण गरेको चलचित्र हो । काठमाडौ चन्दागिरी १ का स्थायी बासिन्दा रोक्काका दुई छोरा र एक श्रीमती छन् । उनको आजै सतुङ्गलस्थित त्रिवेणी घाटमा अन्त्येष्टी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप