अध्यादेशबारे प्रचण्डको टिप्पणी : ओली र देउवाले ल्याएका अध्यादेश उस्तै होइनन्
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यादेशको बचाउ गरेका छन् ।
बिहीबार समाजवादी केन्द्रले काठमाडौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले पहिले केपी ओलीले ल्याएको अध्यादेश र अहिले शेरबहादुर देउवाले ल्याएको अध्यादेश फरक उद्देश्यबाट ल्याएको दावी गरे । उनले ओलीले लोकतन्त्र, गणतन्त्र र संविधान सिध्याउन ल्याएको दावी गर्दै देउवाले ल्याएको अध्यादेशले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि ल्याएको बताए ।
‘अहिले देउवाजीको नेतृत्वमा गठबन्धनको नयाँ सरकार हुँदा पनि फेरि त्यही अध्यादेश भन्ने कुरा उठेको छ, यसमा डिवेट भएको छ । म यो विषयमा डिवेट उठाउने मिडियाकर्मी साथीहरुलाई धन्यवाद भन्न चाहान्छु’, प्रचण्डले भने, ‘तर म केचाहिँ कुरा स्पष्ट पार्न चाहान्छु भने एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो । अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नुभएकाले यी दुइटा बाटा फरक छन् ।’
उनले निरपेक्ष र आदर्शवादी ढंगले सवै अध्यादेश उस्तै हुन् भन्नु लगत रहेको दावी समेत गरे ।
‘लोकतन्त्र, गणतन्त्र रक्षाका लागि ल्याएको अध्यादेश पनि उही हो, लोकतन्त्र मास्न ल्याएको अध्यादेश पनि उही भन्नेकुरा प्रविधि र प्राविधिक कुरालाई हेर्ने राजनीतिक उदेश्य विर्सने गल्ति हामीले गर्नुहुन्न’, प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण