अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय चलाएको अभियोगमा ७ जना पक्राउ
बिहीबार, ०३ भदौ २०७८, १३ : ५४
ललितपुरमा एक अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाइटमा अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा दमक नगरपालिका-७ घर भएका ५० वर्षीय राजेश अग्रवालसमेत छन् । पक्राउ पर्नेहरुमा ३ पुरुष र ४ महिला छन् ।
अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण