वैचारिक रुपमा स्पस्ट हुन नसक्दा नेपालमा कम्युनिस्ट टुटफुटको अवस्थामा पुगे ः डा. बाबुराम भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वैचारिक रुपमा स्पस्ट हुन नसक्दा नेपालका कम्युनिस्ट पार्टीहरू टुटफुटको अवस्थामा पुगेको बताएका छन् ।
बिहीबार काठमाडौँमा समाजवादी केन्द्रले गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले वैचारिक स्पष्टता नहुँदा नेपालका कम्युनिस्ट पार्टीहरुमा संकट आइलागेको बताए । माओवादी शसस्त्र संघर्षको १० वर्षको छोटो अवधिमा प्राप्त गरेको राजनीतिक उपलब्धि समेत पछिल्लो समयमा गुम्न पुग्दा अहिले पुनः पुराना शक्तिहरु नेपालको राजनीतिमा हावी हुन पुगेको भट्टराईको भनाइ छ ।
‘नेपालको जटिल भु–राजनीति,आर्थिक सामाजिक संरचनामा रहेको विभेधताका कारणले पूर्णतामा हामीले जनयुद्धको उपलव्धिलाई पूर्णतामा पुर्याउन सकेनौ, गणतन्त्र सम्म त पुर्यायौ तर त्यहाँभन्दा अघि बढ्न सकेनौ । यसैका कारण सवै कम्युनिस्ट पार्टी संकटमा परेका हुन्’, भट्टराईको भनाइ छ ।
उनले नेपालको परिवेशअनुसार दलहरुले नीति र कार्यक्रम र नयाँ ढंगको समाजवादको खाका तयार गर्न नसक्नु नै अहिले आफूहरुको समस्या भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण