शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वैचारिक रुपमा स्पस्ट हुन नसक्दा नेपालमा कम्युनिस्ट टुटफुटको अवस्थामा पुगे  ः डा. बाबुराम भट्टराई

बिहीबार, ०३ भदौ २०७८, १३ : ४७
बिहीबार, ०३ भदौ २०७८

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वैचारिक रुपमा स्पस्ट हुन नसक्दा नेपालका कम्युनिस्ट पार्टीहरू टुटफुटको अवस्थामा पुगेको बताएका छन् ।

बिहीबार काठमाडौँमा समाजवादी केन्द्रले गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले वैचारिक स्पष्टता नहुँदा नेपालका कम्युनिस्ट पार्टीहरुमा संकट आइलागेको बताए । माओवादी शसस्त्र संघर्षको १० वर्षको छोटो अवधिमा प्राप्त गरेको राजनीतिक उपलब्धि समेत पछिल्लो समयमा गुम्न पुग्दा अहिले पुनः पुराना शक्तिहरु नेपालको राजनीतिमा हावी हुन पुगेको भट्टराईको भनाइ छ ।

‘नेपालको जटिल भु–राजनीति,आर्थिक सामाजिक संरचनामा रहेको विभेधताका कारणले पूर्णतामा हामीले जनयुद्धको उपलव्धिलाई पूर्णतामा पुर्याउन सकेनौ, गणतन्त्र सम्म त पुर्यायौ तर त्यहाँभन्दा अघि बढ्न सकेनौ । यसैका कारण सवै कम्युनिस्ट पार्टी संकटमा परेका हुन्’, भट्टराईको भनाइ छ ।

उनले नेपालको परिवेशअनुसार दलहरुले नीति र कार्यक्रम र नयाँ ढंगको समाजवादको खाका तयार गर्न नसक्नु नै अहिले आफूहरुको समस्या भएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप