आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नारी बचत खाता खोल्ने महिलाहरुलाई सनराइज बैंकले दिने छ यस्ता सुविधा

बिहीबार, ०३ भदौ २०७८, १३ : ०१
बिहीबार, ०३ भदौ २०७८

काठमाडौं । सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत बैंकले भदौ महिनाभर विभिन्न सेवाहरु निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ । 

यो योजना अन्र्तगत ग्राहकहरुलाई भदौं महिनाभर नारी बचत खाता खोल्ने महिलाहरुलाई आकर्षक ब्याजका साथै विभिन्न ५ वटा सेवाहरु निःशुल्क दिइने बैंकले जनाएको छ । प्रथम वर्षको लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो सेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भदौं महिनाभर अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरूलाई पहिलो कारोबार गर्दा २५% वा ३०० सम्मको छुट समेत प्रदान गर्ने बैंकले जनाएको छ । 

साथै सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलाई भदौ महिनाभरि कर्जा लिँदा प्रशासनिक शुल्कमा ०.२५% सम्मको छुट दिने समेत बैंकले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप