लुम्बिनी प्रदेशसभा बैठक स्थगित
बिहीबार, ०३ भदौ २०७८, १२ : १२

लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने तय भएको बैठक भदौ ७ गते सम्मका लागि स्थगित भएको हो । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशनअनुसार भदौ ७ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
यसअघि नवौं अधिवेशनको पहिलो र दोश्रो दिन विपक्षी दल एमालेका सांसदहरुले लगातार अवरोध गरेका थिए । आज बस्ने भनिएको तेस्रो बैठक विशेष कारणबस स्थगित भएको सूचनामा उल्लेख छ । यसअघि प्रमुख विपक्षी दल एमालेले प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलेनाथको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, कसको मूल्य कति ?
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि