निवर्तमान मुख्यमन्त्री पौडेलले भने : एमालेमा कुनै गुट छैन
बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले साढे ३ वर्षको अवधिमा जनताप्रति उत्तरदायी भएर उल्लेख्य काम गरेको बताएका छन् ।
बिहीबार बिहान हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले सरकारले साढे ३ वर्षे कार्यकालमा शिर उच्च राख्ने गरी काम गरको बताएका हुन् ।
उनले आफ्नो नेतृत्वमा अन्य प्रदेशको तुलनामा बागमती प्रदेशका १३ जिल्लामा विकास निर्माण, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने गरी काम गरेको बताए ।
‘हामीले साढे ३ वर्ष सरकारको नेतृत्व गर्दा नागरिकहरुलाई प्रत्यक्ष लाभ हुने गरी काम गरेका छौं । शिक्षा, स्वास्थ्य तथा विकास निमार्णको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । आगामी केही समयमा नै ती सवै कामको नतिजा देखिने छ । त्यसैले सरकारले सफलतापूर्वक आफ्नो शिर उच्च राखेर सफल भएको गर्भ गर्ने अवस्था छ,’ उनले भने ।
उनले विगत केही समयदेखि नै पार्टी एकताका लागि सरकार परिवर्तनको आन्तरिक गृहकार्यमा आफुहरु लागेको र केन्द्रीय तहमा पनि छलफल भएपछि बुधबार नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई सत्ता हस्तान्तरण गरेको उनले बताए ।
देश संघीयतामा गएदेखि नै नेकपा एमाले भित्रको दुई धारलाई मिलाएर सरकारको नेतृत्व आफूले गरेको दावी गर्दै उनले अहिले एकताको लागि सत्ता हस्तान्तरण गरेर त्याग गरेको बताए ।
विगतमा केही तिक्तताका कारण पार्टीमा दुई धार देखिएको भएपनि हिजोबाट पार्टीभित्र गुट र उपगुटको अन्त्य भएको समेत उनले दावी गरे ।
‘एकताको लागि सबैले आफ्नो ठाउँबाट त्याग गरेका छौं । त्यसको उदाहरण म आफै छु,’, उनले भने, ‘हिजोदेखि नेकपा एमालेभित्र कुनै गुट उपगुट छैन नेकपा एमाले एकतावद्ध छ ।’
उनले आफूले कसैको दवावमा राजीनामा नदिएको पनि बताए । ‘मैले कसैको दवावमा राजीनामा दिएको होइन, पार्टीले दिएको जिम्मेवारीमा साढे ३ वर्ष बसेर काम गरे, मलाई पद छोड्नुपर्दा कुनै दुःख लागेको छैन । मैले पद छोड्दा पार्टी दुर्घटनामा जानबाट जोगिन्छ भने म त्यसको लागि तयार भएको हुँ,’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण