सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राज्यमन्त्रीबाट राजीनामा दिएका कुशवाहाले गाडी फिर्ता गरेनन्

बिहीबार, ०३ भदौ २०७८, १० : ४१
बिहीबार, ०३ भदौ २०७८

प्रदेश २ का पूर्वआन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिएको एक महिना बितिसक्दा समेत गाडीलगायतका सरकारी सुविधा फिर्ता गरेका छैनन् । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट मन्त्री बनेका कुशवाहाले गाडी सहित विभिन्न सामग्रीहरु अहिलेसम्म पनि फिर्ता नगरेका हुन् । 

राज्यमन्त्रीको हैसियतमा प्राप्त सुविधामध्ये पूर्व राज्यमन्त्री कुशवाहाले गाडी फिर्ता नगरेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । त्यस्तै आफ्नो निवासमा सुरक्षाका लागि लगाइएको ५ थान सिसिटिभी क्यामेरा समेत पूर्वराज्यमन्त्री कुशवाहाले फिर्ता गरेका छैनन् ।  मन्त्रालयबाट पटक पटक ताकेता गर्दा समेत पूर्व राज्यमन्त्री कुशवाहाले ती सामग्रीहरु फिर्ता गर्न अटेर गर्दै आईरहेको ती कर्मचारीले बताए ।

आन्तरिक मामिला तथा संचार मन्त्रालयका सचिव वीरेन्द्र यादवले पनि कुशवाहाले लगेको एउटा गाडि समेत फिर्ता नदिएको जानकारी दिए । यता पूर्वराज्य मन्त्री कुशवाहाले भने राज्यमन्त्रीको पदबाट हटे लगत्तै सम्पूर्ण सामग्री फिर्ता गरेको जिकिर गरे । उनले भने– मन्त्री पदबाट हटे लगत्तै सबै सामग्रीहरु फिर्ता गरेको हुँ ।  कुनै पनि सामग्रीहरु फिर्ता गर्न बाकी छ भनेर मन्त्रालयले पत्र पठाउनुपर्छ, बाहिर हल्ला गरेर केहि हुनेवाला छैन ।

जसपा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री कुशवाहालाई जसपाले राजीनामा गर्न लगाएर फिर्ता बोइलाएको थियो । त्यसपछि माओवादी केन्द्रलाई सरकारमा सहभागी गराइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप