तालिबानले बन्द गर्यो भारतसँगको व्यापार

अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले भारतसँग व्यापार बन्द गरेको छ । तालिबानले सीमापारिको व्यापार बन्द गरेपछि भारतसँगको व्यापार पनि बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
भारत र अफगानिस्तान दुवै देशको मालवाहक गाडीहरु पाकिस्तान हुँदै आवतजावत गर्ने गर्थे ।
फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेशन (एफआईईओ) ले तालिबानले गाडीको आवतजावत रोकिदिएको जानकारी दिएको छ । मालवाहक गाडी आवतजावत बन्द गरेपछि लाखौँ डलरको सामानको आयात–निर्यात रोकिने भएको छ ।
भारतका लागि अफगानिस्तानसँगको व्यापार सबैभन्दा ठूलो सहयोगी मानिन्छ । भारतले अफगानिस्तानमा ड्याम, स्कुल र सडकको विकासका लागि लाखौँ अमेरिकी डलर खर्च गरेको छ ।
एफआईईओका महानिर्देशक डा. अजय सहायले समाचार एजेन्सी एएनआईलाई भनेका छन्, ‘अफगानिस्तानको स्थितिमाथि निरन्तर हाम्रो ध्यान केन्द्रीत छ । त्यहाँबाट आयात गरिने सामानहरु पाकिस्तान हुँदै भारत आउँछ । तर, अहिले तालिबानले पाकिस्तानतर्फ आउने सबै मालवाहक गाडी रोकिदिएको छ । दुवै तर्फको आवतजावत ठप्प भएको छ ।’
रिपोर्टका अनुसार भारतले अफगानिस्तानबाट ठूलो मात्रामा ड्राई फ्रुट आयात गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री ओली
-
नीति तथा कार्यक्रमबारे ओली : निशानामा तीन पक्ष, नयाँ कार्यक्रमबारे प्रस्ट्याउने प्रयास
-
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकता प्रक्रिया अनिश्चित
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने
-
बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
-
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’ : जेलेन्स्की