‘बाटुली’मा छुची सासु बनिन् मौसमी
फिल्म अभिनेत्री मौसमी मल्ल अभिनित सिरियलमा ‘बाटुली’ प्रसारणमा आएको छ । सिरियल न्युज नेपाल एचडी टेलिभिजनबाट मंगलबारदेखि प्रसारण सुरु भएको हो । पारिवारिक बिषयमा निर्माण भएको सिरियलमा मौसमी छुची सासुको रुपमा देखिएकी छन् ।
सञ्चारकर्मी गोपीकृष्ण चापागाईँ र नवराज अधिकारीको निर्देशन रहेको ‘बाटुली’ झण्डै २५ बर्ष पुरानो कथामा निर्माण गरिएको हो । मोबाइल युगभन्दा अघि नेपाली गाउँ समाजमा सासु र बुहारीबीच हुने विभेदलाई सिरियलमा देख्न सकिने निर्देशक चापागाईँले बताए ।
‘पछिल्लो समय नेपालमा धेरै सिरियल निर्माण भइरहेको छ । ती मध्य प्रायः सिरियल अहिलेको कथामा छन्’ निर्देशक चापागाईँले भने, ‘हामीले भने पुरानो कथालाई उठान गरेका छौं ।’ सिरियलको कथा समेत चापागाईँले नै लेखेका हुन् ।
नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रे गाउँमा छायाँकन गरिएको सिरियल ‘बाटुली’ मा अभिनेत्री मल्ल सासुको भूमिकामा छिन् भने कलाकार सिपी पौडेललाई ससुराको भूमिकामा देख्न सकिनेछ । यस्तै कलाकार संगम भुसालले बुहारीको भूमिका निर्वाह गरेकी छन् । खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समिक्षा लामिछाने, बाल कलाकार खुसी अर्याल लगायतको अभिनय सिरियलमा देख्न सकिनेछ ।
अनिल लामिछानेको छायाँकन, वीरेन्द्र भाट विपिनको सम्पादन सिरियलमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटिजन्स बैंक र भवानी हस्पिटलबीच समझदारी
-
नेपाली खेलाडीले ओलम्पिकको अन्तिम तयारी कहाँ गर्दैछन् ?
-
समय सापेक्ष संविधान संशोधन गर्नु अहिलेको आवश्यकता होः नेता केसी
-
कंगनालाई थप्पड हान्ने सीआईएसएफ कन्ष्टेबलको सरुवा
-
हाथरस घटना : एफआईआरमा सत्संग गर्ने बाबा नआएको विषयमा मुख्यमन्त्री योगीले के भने ?
-
माधवलाई अध्यक्ष र रामकुमारी झाँक्रीलाई उपाध्यक्ष बनाउने कसरत