सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

‘बाटुली’मा छुची सासु बनिन् मौसमी

बिहीबार, ०३ भदौ २०७८, १० : ३०
बिहीबार, ०३ भदौ २०७८

फिल्म अभिनेत्री मौसमी मल्ल अभिनित सिरियलमा ‘बाटुली’ प्रसारणमा आएको छ । सिरियल न्युज नेपाल एचडी टेलिभिजनबाट मंगलबारदेखि प्रसारण सुरु भएको हो । पारिवारिक बिषयमा निर्माण भएको सिरियलमा मौसमी छुची सासुको रुपमा देखिएकी छन् ।

सञ्चारकर्मी गोपीकृष्ण चापागाईँ र नवराज अधिकारीको निर्देशन रहेको ‘बाटुली’ झण्डै २५ बर्ष पुरानो कथामा निर्माण गरिएको हो । मोबाइल युगभन्दा अघि नेपाली गाउँ समाजमा सासु र बुहारीबीच हुने विभेदलाई सिरियलमा देख्न सकिने निर्देशक चापागाईँले बताए ।

‘पछिल्लो समय नेपालमा धेरै सिरियल निर्माण भइरहेको छ । ती मध्य प्रायः सिरियल अहिलेको कथामा छन्’ निर्देशक चापागाईँले भने, ‘हामीले भने पुरानो कथालाई उठान गरेका छौं ।’ सिरियलको कथा समेत चापागाईँले नै लेखेका हुन् ।
नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रे गाउँमा छायाँकन गरिएको सिरियल ‘बाटुली’ मा अभिनेत्री मल्ल सासुको भूमिकामा छिन् भने कलाकार सिपी पौडेललाई ससुराको भूमिकामा देख्न सकिनेछ । यस्तै कलाकार संगम भुसालले बुहारीको भूमिका निर्वाह गरेकी छन् । खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समिक्षा लामिछाने, बाल कलाकार खुसी अर्याल लगायतको अभिनय सिरियलमा देख्न सकिनेछ । 

अनिल लामिछानेको छायाँकन, वीरेन्द्र भाट विपिनको सम्पादन  सिरियलमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप